नारायणकाजीले भने, ‘भ्रष्टाचारी पार्टीकै नेता रहेछन् भने पनि छोड्दिँन’

काठमाडौं, १८ साउन । गृहमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचारी पार्टीकै नेता भए पनि नछोड्ने बताएका छन् । हिजोदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैकठलाई आज (बिहीबार) सम्बोधन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै सल्लाह बमोजिम फाईल खोल्ने काम भएको र अब पार्टीकै नेताहरु भ्रष्टाचारमा जोडिएपनि नछोड्ने बताएका हुन् ।

पछिल्लो चरणमा भएको सुन तस्करी प्रकरणमा माओवादीकै नेताहरुको नाम जोडिएपछि उनले पार्टीका नेता लक्षित अभिव्यक्ति दिएका हुन् । सुन तस्करी प्रकरणमा माओवादीका नेताहरु वर्षमान पुन, कृष्णबहादुर महरा लगायतको नाम जोडिएर चर्चा हुने गरेको छ । यद्यपि पुन र महरा दुवैले सुन तस्करी प्रकरणमा आफूहरुको संलग्नता नरहेको र दोषी प्रमाणित भए कारबाही भोग्न तयार रहेको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार