कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

उदय सुब्बा बाट निर्देशन गरिएको ‘दुई कदम’को पोस्टर सार्वजनिक

उदय सुब्बाद्वारा निर्देशित फिल्म ‘दुई कदम’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी मंसिर २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । दुईवटा पोस्टरमध्ये एउटामा डेब्यू अभिनेता इओन लिम्बू र डेब्यू अभिनेत्री सिमोन गिरी छातामुनि रोमान्टिक भावमा देखिएका छन् भने अर्कोमा अभिनेता गौरव पहारी बन्दुक पड्काउँदै गरेको अवस्थामा चित्रित छन् । उनको साथमा सिमोन छिन् ।

अजम्बरी फिल्म्सको प्रस्तुतिमा तारा देवी लिम्बूको निर्माण रहेको फिल्ममा सुनिल थापा, कविता आले, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, चन्दा दाहाल, जीवन लिम्बू, प्रितिका शर्मालगायतको अभिनय छ । फिल्मको एक गीतमा अभिनेता विल्सन विक्रम राईको नृत्य छ । मुस्ताङमा एक गीतबाहेक पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा फिल्म खिचिएको हो ।

दयाराम घिमिरेको कथा तथा पटकथा लेखन रहेको फिल्ममा विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बू तथा विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन छ । उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट (करण श्रेष्ठ) र उपत्यकाबाहिर एफडी कम्पनीले ‘दुई कदम’को वितरण जिम्मा लिएका छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent