चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक,

इटहरी । नेपाली कथानक चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक भएको छ । सेन्सर बोर्डसँगको लामो विवाद पछि चलचित्रले ‘यू’ सर्टिपिकेट पाए सँगै ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक भएको हो ।

चलचित्रमा समावेश केही डाइलग बिवादित भएको भन्दै सेन्सर बोर्डले उक्त डाइलोग हटाउन निर्देशन दिएको थियो। निर्माण युनिटले उक्त डाइलग हटाउन नसक्ने अडान लिएपछि विवाद उत्पन्न भएको थियो । अन्तत निर्माण युनिट आफ्नो अडानबाट पछि नहटेपछि चलचित्र प्रदर्शनका लागि सेन्सर बोर्डले अनुमति दिएको थियो ।

भिम लामाको निर्देशनमा निर्माण भएको चलचित्र ‘लिलामे माइला’को निर्माण दिलु सुब्बा र भिम लामाले गरेका हुन् । दामोदर सापकोटा चलचित्रका कार्यकारी निर्माता हुन् भने कमला राई चलचित्रको सहनिर्माता हुन् । प्रदर्शनको तयारीमा रहेको चलचित्रमा प्रभाकर न्यौपानेको कथा लेखन रहेको छ भने पटकथा तथा सम्वाद राज थापा काउचाको रहेको छ ।

चलचित्रमा दामोदर सापकोटा , चन्दा लिम्बू,सुर्य लिम्बु ,कमान्सिङ राई, रोशन बि सि , दिलु सुब्बा ,गङ्गा कुवर, मान्सिङ तामाङ ,उदय सुब्बा ,सुजेन्द्र गोले तामाङ ,मङ्गलसिङ तामाङ , साजन लिम्बू , प्रेमिका लामा, टि एस योन्जन, मुकुन्द बस्नेत, राजेन्द्र तामाङ , जानुका श्रेष्ठ ,कहरसिङ मगर,कृष्ण कला राई, बुद्धिमान तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको छायांकन प्रकाश सुब्बाले गरेका हुन् । चलचित्रको पहिलो बिषेश च्यारिटी शो धरानमा रेड कार्पेट सहित गर्ने तयारी भइरहेको निर्देशक लामाले जानकारी दिए ।

भिडियो हेर्नुहोस !!

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार