थ्रेस होल्ड नकट्दा पनि जिम्मेवार शक्ति हौं, रविको भाष्य बोल्ने छुट छैन : रामकुमारी झाँक्री

आफ्नो पार्टीले थ्रेस होल्ड कटाउन नसकेपछि भाष्य बदल्ने काममा महत्त्वपूर्ण भूमिका रहने उनले बताइन्। 

‘हामीले लगातार यसरी खडा गरेको भाष्यभित्र राजनीतिमा के पक्षले लाभ र फाइदा लिएको छ भन्ने हामीले सामान्य अनुमान समेत गरेका छैनौं। हामी भत्र्सना पनि गरिरहेका छौं। त्यसकारण यो अभियानले समाजवमा हामीले गर्न सक्छौं, भएको छ र बदल्ने मार्ग यो हो भन्ने भाष्य निर्माण गर्न सक्नुपर्छ,’ सचिव झांक्रीले भनिन्, ‘राष्ट्रिय पार्टी हुन नसकेको पार्टी हौं, हामी ठूला ठूला क्रान्तिका कुरा गर्दै आएका हौं। हामीले कम्युनिस्ट आन्दोलन गठन, पुनर्गठन गर्दै क्रान्ति सम्पन्न गर्ने बेलासम्म निर्णायक नेतृत्वदायी भूमिका निर्वाह गरेको व्यक्तिको हिसाबले यो नेतृत्वपंक्ति छ। पार्टीको हिसाबले हामी निर्णायक अवस्थामा छैनौं भने हामीले गर्नसक्ने काम हामीले बदल्ने भाष्य हो।’

उनले पछिल्लो १८ वर्षमा राजनीतिबाट केही नयाँ नभएकै हो र? भन्दै प्रश्न समेत गरिन्।

‘साँच्चै केही भएको छैन त? राजनीतिले केही गरेन? पछिल्लो १८ वर्ष साँच्चै केही भएन? यो भाष्य स्थापित गरेर हामीले के बनाउन खोजेका हौं?,’ उनले भनिन्, ‘हामी के मा प्रयोग भइरहेका छौं भने मिडियामा तेरो समाचार बनाइदिन्छु नत्र समाचार बजाइदिन्छु भन्नेहरू सजिलो तरिकाले हामीले बनाएको यो भाष्यमा राजनीतिमा आएका छन्।नेपाल खबर

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार