कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

पठाओ र इनड्राइभ अफलाइन चलाउने ८३ जना काठमाडौंबाट पक्राउ

ड्राइभ सेयरिङ एप पठाओ र इनड्राइभ अफलाइन चलाउने ८३ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। 

सोमबार काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको काठमाडौंका प्रहरी प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए। 

अनाधिकृत तवरले सर्वसाधारणहरुलाई ओसारपसार गर्ने क्रियाकलापमा संलग्न ८३ जनालाई नियन्त्रणमा लिएर कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

विगतका केही आपराधिक घटनाहरुमा यस्ता सवारीहरुको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलताको दृष्टिबाट पनि जोखिम हुने भएका कारण उनीहरुलाई पक्राउ गरिएको एसपी ढुंगेलले जानकारी दिए। 

अफलाइन चलाउने पठाओ र इनड्राइभमा चढेर सवारी नगर्न पनि प्रहरीले यात्रुहरुलाई अनुरोध गरेको छ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent