चलचित्र लोजिमाको प्रिमियर शो र बिशेष प्रदशनीको मिति र स्थान घोषणा

काठमाडौं । सागर सुब्बाको निर्देशन रहेको चलचित्र लोजिमाको प्रिमियर शो र बिशेष प्रदशनीको मिति र स्थान घोषणा भएको छ |चलचित्र लोजिमाको प्रिमियर शो डिसेम्बर २४ पौष ८ गते सिक्किममा हुदै छ |लोजिमाको ग्राण्ड प्रिमियर पछि सिक्किमको भिभिन्न स्थान काठमाडौं, झापा, पान्थर, ताप्लेजुङ र ईलाम लगायत अन्य ३० भन्दा बढी स्थानमा प्रदशन हुने मिति र स्थानको पक्का भईसकेको छ | साथै युके,कोरिया,हङकङ मलेशिया लगायत अन्य देशहरुमा पनि क्रमश प्रदशन हुनेछ |चलचित्र भनेको केवल मनोरन्जन मात्र नभएर चेतना र सन्देश पनि हुनु पर्छ भन्ने कुरामा निर्देशक सगर सुब्बा सचेत रहनु भएको छ | किनकी समाज रुपान्तरण चलचित्रको पनि भूमिका रहन्छ | सांस्कृतिक सामाजिक र प्रेमकथामा आधारित चलचित्र लोजिमामा कथाले माग अनुसार कलाकारहरुको जीवन्त अभिनय रहेको छ |

पाथीभरा च्यानलको ब्यानरमा निर्माण भएको चलचित्रको बिशेष प्राविधिक सहयोगी निर्देशक बसन्त अधिकारी हुनुहुन्छ |सम्पादन संजय अधिकारी र पाश्य संगीत अशोक राइको रहेको छ भने साउण्ड डिजाइन मानशी किरण र डिजाइन आइडियल डिजाइनका निर्देशक सुन्दर श्रेष्ठले गर्नु भएको हो | सर्बोकृस्ट रास्ट्रिय सास्कृतिक अवार्ड पाउन सफल कुसुम चलचित्र निर्देशन गरेर चर्चामा आउनु भएका निर्देशक सागर सुब्बाको कथा निर्देशन रहेको छ । लिम्बु संस्कृतिमा आधारित चलचित्रलाई सागर केरुङ्ले पटकथा सम्बाद लेखेका हुन ।

बिमला लिम्बुले चलचित्र लोजिमामा शीर्ष भूमिकामा कथाको माग अनुसार जीवन्त अभिनय गरेकी छिन |

मिस टिन इन्डिया हुदै मिस टिन युनिभर्सल टप सेभेन साहारा हाङमा लिम्बुले लोजिमा मार्फत नायिकाको रुपमा डेब्यु गर्दै छिन | चलचित्रमा साहारा हाङमाको जोडीको रुपमा कलाकार रुद्र पाहिमले अभिनय गरेका छन् |

गायकको रुपमा आफ्नो परिचय बनाइसक्नु भएका नृत्य र बिभिन्न कार्यक्रम मार्फत आफ्नो बेजोड अभिनय ले चर्चित आशाहाङ आङबो ले पनि यस चलचित्र बाट नायकको रुपमा आगाडी आउनुभएको छ |

चलचित्रमा निर्माता आशाहाङ आङ्बो, कार्यकारी निर्माता पम्फावती राई, मुख्य सहाय निर्देशक दिपक अधिकारी, छायांकन रबिन्द्र बराल, शृङ्गार नरेश खरेल, अशोक लोहरुङ राईको एरेन्ज रहेको चलचित्रमा मनु नेम्बाङ, सुनिता थेगिम र आशाहाङ आङ्बोको स्वर रहेको छ । चलचित्रको पोस्ट प्रोडक्सन भिजन नेपाल फिल्मस र डबि ङ एम के प्रोडक्सन मा भएको हो |

चलचित्रको कलाकारहरुमा बिमला खजुम, आशाहाङ आङ्बो, सागर केरुङ, निशाम तुम्बापो, रुद्र पाहिम, नुनाम केरुङ, हस्त लिबाङ, साहाराहाङमा पन्धाक लिम्बु , सेरिना राई, बिनि सुब्बा, आस मुरिङ्ला, प्रयास राई, निर्मल पन्धाक, सन्जन सुब्बा, देवि लिम्बू ज्ञानु खम्दाक ,लगायत रहेका छन । चलचित्रकी नायिका बिमला लिम्बु भन्छिन चलचित्र लोजिमा मार्फत धेरै मिहेनत गरेर केहि नयाँ क्रियसनको साथ् काम गर्न प्रयास गरेको छौ आशा छ दर्शकहरुले मन पराउनु हुनेछ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार