गौशलामा दुर्गा प्रसाईँका समर्थक र प्रहरीबीच घम्साघम्सी, धर्मगुरु श्रीनिवासहित १० जना पक्राउ

काठमाडौं, । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईँले आयोजना गरेको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

आज (सोमबार) प्रसाईँका समर्थकहरुले गौशलामा विरोध प्रदर्शन गरेका थिए । आजको विरोध प्रदर्शनमा साधु, सन्तहरु, लघुवित्त पीडित लगायतको सहभागिता रहेको थियो ।

प्रदर्शनमा सहभागी भएका धर्मगुरु श्रीनिवासले आक्राम अभिव्यक्ति दिएर भीडलाई उत्तेजित बनाएका थिए । प्रहरीले धर्मगुरु श्रीनिवाससहित १० जनालाई नियन्त्रणमा लिएको छ ।

प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए । परिस्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले अश्रुग्यास प्रहार गरेपछि दु्र्गा प्रसाईँलाई उनका समर्थकहरुले त्यहाँबा भगाएका थिए । प्रसाईँले आज बेलुका आफ्नै निवासबाट पत्रकार सम्मेलन गर्ने बताइएको छ । 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार