बिमला खजुम लिम्बुको शिर्ष भूमिका रहेको चलचित्र लोजिमाको ट्रेलर सार्वजनिक

सागर सुब्बा बाट निर्देशन रहेको नयाँ चलचित्र लोजिमाको ट्रेलर सार्वजनिक गरिएको छ | ट्रेलरमा एक जोडीको प्रेममा अर्की युवतीको प्रवेशपछी माया प्रेममा आउने उताव चढाव र लिम्बु सांस्कृतिक र सामाजिक बिषय लाई जीवन्त ढंगले प्रस्तुत गरिएको छ |

फिल्मको सार्वजनिक ट्रेलरमा नायिका बिमला लिम्बु निशाम तुम्बापो लगायतको कलाकारहरुले गरेको उत्कृस्ट अभिनयले सबैको मन जितेको छ | पाथीभरा च्यानलको ब्यानरमा निर्माण भएको चलचित्रको बिशेष प्राविधिक सहयोगी निर्देशक बसन्त अधिकारी हुनुहुन्छ |सम्पादन संजय अधिकारी र पाश्य संगीत अशोक राइको रहेको छ भने साउण्ड डिजाइन मानशी किरण र डिजाइन आइडियल डिजाइनका निर्देशक सुन्दर श्रेष्ठले गर्नु भएको हो | सर्बोकृस्ट रास्ट्रिय सास्कृतिक अवार्ड पाउन सफल कुसुम चलचित्र निर्देशन गरेर चर्चामा आउनु भएका निर्देशक सागर सुब्बाको कथा निर्देशन रहेको छ । लिम्बु संस्कृतिमा आधारित चलचित्रलाई सागर केरुङ्ले पटकथा सम्बाद लेखेका हुन ।

चलचित्रको कलाकारहरुमा बिमला खजुम लिम्बुको आलवा आशाहाङ आङ्बो, सागर केरुङ, निशाम तुम्बापो, रुद्र पाहिम, नुनाम केरुङ, हस्त लिबाङ, साहाराहाङमा पन्धाक लिम्बु , सेरिना राई, बिनि सुब्बा, आस मुरिङ्ला, प्रयास राई, निर्मल पन्धाक, सन्जन सुब्बा, देवि लिम्बू ज्ञानु खम्दाक ,लगायत रहेका छन ।

चलचित्रमा निर्माता आशाहाङ आङ्बो, कार्यकारी निर्माता पम्फावती राई, मुख्य सहाय निर्देशक दिपक अधिकारी, छायांकन रबिन्द्र बराल, शृङ्गार नरेश खरेल, अशोक लोहरुङ राईको एरेन्ज रहेको चलचित्रमा मनु नेम्बाङ, सुनिता थेगिम र आशाहाङ आङ्बोको स्वर रहेको छ । चलचित्रको पोस्ट प्रोडक्सन भिजन नेपाल फिल्मस र डबि ङ एम के प्रोडक्सन मा भएको हो |

चलचित्र लोजिमाको प्रिमियर शो डिसेम्बर २४ पौष ८ गते सिक्किममा हुदै छ |लोजिमाको ग्राण्ड प्रिमियर पछि सिक्किमको भिभिन्न स्थान काठमाडौं, झापा, पान्थर, ताप्लेजुङ र ईलाम लगायत अन्य ३० भन्दा बढी स्थानमा प्रदशन हुने मिति र स्थानको पक्का भईसकेको छ | साथै युके,कोरिया,हङकङ मलेशिया लगायत अन्य देशहरुमा पनि क्रमश प्रदशन हुनेछ |चलचित्र भनेको केवल मनोरन्जन मात्र नभएर चेतना र सन्देश पनि हुनु पर्छ भन्ने कुरामा निर्देशक सगर सुब्बा सचेत रहनु भएको छ | 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार