तिमी पाए को भिडियोमा राजन पालुङवा र कविता आङबुहाङ पालुङवाको अब्बल अभिनय

गायक राजन पालुङवा लिम्बूको लोकप्रिय गीत ‘तिमी पाए ‘ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका ८ दोखुमा जन्म भई हाल काठमाडौं बस्दै आएको गायक राजन पालुङवा लिम्बूले २०५५/५६ साल देखि नै नेपाली गीत संगीतमा लागेका हुन् ।

राजनले अहिले सम्म ३ दर्जन भन्दा धेरै गीतहरु गाउनु भएको छ । गायक राजन पालुङवाले नै गाएका ‘तिमी पाए ‘ म्युजिक भिडियोमा पनि गायक राजन पालुङवा र कविता आङबुहाङ पालुङवाको अब्बल अभिनय गर्नु भएको छ |

गायक राजन पालुङवाले अहिले मुकुम्लुङ अनलाइन युट्युब च्यानल संचालनमा ल्याएका छन । यस च्यानलको संचालक गायक राजन पालुङमा हुनुहुन्छ भने कम्पनीका प्रबन्ध निर्देशक कबिता आङ्बुहाङ्ग पालुङवा हुन् ।

यस च्यानलमा स्वयम गायक राजन पालुङवाको गीतहरु साथै लिम्बू भाषाका मौलीक गीतहरु पालाम,हाक्पारे, ख्याली जस्ता विभिन्न गीतहरु त्यस्तै गरी चर्चित गायक गायीकाहरुको स्वरमा (आवाजमा) मुकुम्लुङ च्यानलले प्रसारण गर्दै आएका छन । 

ताप्लेजुङ आईडल सिजन ३ का बिजेता तेजन सुनुवारको पहिलो साङ्गितिक कोसेली तिम्रो तस्बिर मुकुम्लुङ युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । उक्त गीतमा चर्चित गायीका रचना रिमालले साथदिएकी छिन भने, शब्द युगल सुनुवारको रहेकोछ र सङ्गीत भक्त सुनुवारले गरेका छन ।

भिडियो हेर्नुहोस !!

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार