प्रधानमन्त्री प्रचण्डको प्रश्न- यति ठूलो आर्थिक सम्भावना नजिक इतिहासमा कहिले थियो र ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले अहिले जस्तो आर्थिक सम्भावना नजिक इतिहासमा कहिले थियो र ? भनेर प्रश्न गरेका छन्।

मंगलबार आफ्नो कार्यकालको एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले निराशावादीहरूलाई लक्षित गर्दै उक्त प्रश्न गरेका हुन्।

‘म निराशावादीहरूलाई सोध्न चाहन्छु, हाम्रो देश यति ठूलो आर्थिक सम्भावनाको नजिक इतिहासमै यसअघि कहिले थियो र ?,’ उनले सोधे, ‘बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने दिशामा छ। के यो लोकतन्त्रको उपलब्धि होइन र ? ’

उनले भारत भ्रमणका क्रममा १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्यका साथ दीर्घकालीन जलविद्युत प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको पनि बताए।

देशले ५ खर्ब बराबरको बिजुली बेच्दा सम्पन्न बन्न सकिने सम्भावना रहेको उनले बताए।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार