आङबो सङजुम्भोको १६ औं वार्षिक साधारणसभा सम्पन्न

झापा । आङबो सङजुम्भो केन्द्रिय कार्य समितिको १६ औं वार्षिक साधारणसभा गत शनिबार सम्पन्न भएको छ । सङजुम्भोले झापा जिल्लाको शिवसताक्षी ११ दुधेमा वार्षिक साधारणसभा गरेको हो । सधारणसभाको खुल्ला सत्रमा प्रदेश नं. १ का भौतिक पुर्वाधार विकास मन्त्री कमल प्रसाद जबेगू प्रमुख अतिथि हुनुहुन्थ्यो ।

कार्यक्रममा मन्त्री जबेगूले आङबो बन्धुहरु संस्थागत रुपमा निक्कै सक्रिय रहेको र आगामी दिनमा पनि सक्रियताको शुभकामना राख्नुभएको थियो  साधारण सभामा भारतको सिक्कीम ब्लक, झापा ब्लक, ईलाम ब्लक पाँचथरको खुंगा ब्लक, नागीन ब्लक, पापुन्देन ब्लक, काकठमाण्डौ ब्लक तथा अन्य स्थानका आङबो बन्धुहरुको उपस्थितीमा साधारणसभा सम्पन्न भएको हो ।

श्रीमाया आङबो खापुङ स्मृती सम्मान  उमेरगत रुपले बरिष्ठताको आधारमा चार जना आङबो बृद्ध बृद्धालाई सम्मान पत्र र प्रत्येक लाई जनही पांच हजार सहित प्रदेश न . १ का भौतिक पुर्वाधार विकास मन्त्री कमल प्रसाद जबेगू ले वितरण गर्नु भएको थियो | यो बर्षको श्रीमाया आङबो खापुङ स्मृती सम्मान झापा संगम चोकका बर्ष ८१ लतित बहादुर आङबो नाङगीन फिदिम ११ नाङगीन पान्थर को बर्ष ८८ को बर्णसिंह आङबो बर्ष ७८ लेटाङ मोरङका चन्द्र आङबो बर्ष ७८पान्थरका हस्त बहादुर आङबो प्रत्येक बर्ष प्रदान गरिने उक्त श्रीमाया आङबो खापुङ स्मृती सम्मान उहाको जेठा छोरा काजिमान खापुङले आफ्नो आमाको सम्मान सम्झनामा स्थापना गर्नु भएको हो |

त्यस्तै आङबो छोरी बुहारी लाई जनही पांच हजार र सम्मान पत्र सहित प्रदान गरिने सु चन्द्र बहादुर आङबो स्मृति सम्मान पनि प्रमुख अतिथि भौतिक पुर्वाधार विकास मन्त्री कमल प्रसाद जबेगू ले वितरण गर्नु भएको थियो | साधारणसभा बाट विधान संशोधन, वंशावली प्रकाशन जस्ता महत्वपुर्ण निर्णयहरु पारित गरिएको सङजुम्भोको केन्द्रिय महासचिव सुरेश आङबोले बताउनुभयो । सुम्हात्लुङ डटकम बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार