कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

यक्सो समाज काठमाण्डौ उपत्यकाको बार्षिक साधारण सभा तथा भेटघाट कार्यक्रम सम्पन

यक्सो समाज काठमाण्डौ उपत्यकाको बार्षिक साधारण सभा तथा भेटघाट कार्यक्रम श्री डम्बर बहादुर यक्सोको अध्यक्षतामा ललितपुरको मिलन चोकमा अवस्थित युङ्चाहिम् रेष्टुरेन्टमा सम्पन्न भयो ।

कार्यक्रममा नवनिर्बाचित ९ सदस्यिय समितीलाई संस्थाका जेष्ठ सल्लाहकार श्री अनन्तहाङ् यक्सोले खदा लगाई दिएर सबैले अनुमोदन गरिएको थियो साथै उहाँले कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना मन्तव्य पनि दिनु भएको थियो |

संस्थामा उपस्थित यक्सो परिवारकी ८६ बर्षिय जेष्ठ नागरिक श्री सन्चरानी लिबाङ् यक्सोलाई सम्मान गरिएको थियो ।कार्यक्रममा निबर्तमान कोषाध्यक्ष श्री भुवनसिङ् यक्सोले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने अध्यक्ष श्री डम्बर यक्सोले सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रममा रहश्य बैण्ड र गायिका सम्ब्रिद्धी परियारको दमदार प्रसतुती रहेको थियो । कार्यक्रम बिहानको ११ बजे शुरू भएर बेलुकी ७ बजे अन्त्य भएको थियो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent