पहिचान, लिम्बु भाषा, संस्कृतिको संरक्षणको निम्ति तान्छोपालाई बचाउन पर्छ नरबिर आङबो

किरात याक्थुङ चुम्लुङ युके ले तान्छोपा मासिक पत्रिका अक्षयकोषको लागी आर्थिक सहयोग गरेको छ । किरात याक्थुङ चुम्लुङ ईलामले आयोजना गरेको आदिबासी याक्थुङ लिम्बु सांस्कृतिक महोत्सवमा सो सहयोग रकम प्रदान गरिएको हो ।

कार्यक्रममा कियाचु युकेका अध्यक्ष नरवीर आङबोले कियाचु केन्द्रिय अध्यक्ष प्रेम एत्तेनलाई चेक हस्तान्तरण गनुभएको थियो । तान्छोपा मासिक पत्रिकाको लागी युकेले नगद उन्नाईस लाख चौहत्तर हजार सात सय उनान्नब्बे रुपैया सहयोग उपलब्ध गराएको छ ।

तान्छोपा किरात याक्थुङ चुम्लुङबाट नियमित प्रकाशित हुने एक मात्र लिम्बु भाषाको मासिक पत्रिका हो । यो पत्रिकालाई बचाईराख्नका लागी अक्षयकोषको अभियान चलाईराखिएको छ ।

तान्छोपा अहिले २७ वर्षको यात्रामा छ । पहिचान लिम्बु भाषा, संस्कृतिलाई बचाएर निरन्तरता दिने हो भने तान्छोपालाई सबै भएर र उत्थान गर्नु पर्ने अध्यक्ष आङबोको भनाई छ |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार