राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित

काठमाडौं, २९ फागुन । राष्ट्रिय सभाको अध्यक्ष पदमा नारायण दाहाल निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धन दलबाट साझा उम्मेदवार बनेका दाहालले ३९ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।

उनलाई नेकपा (माओवादी केन्द्र) नेकपा (एमाले), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) का सांसदहरुले मतदान गरेका थिए ।दाहाल राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्य थिए । उनको कार्यकाल चार वर्ष बाँकी छ ।

अध्यक्ष पदका अर्का प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माले १७ मत प्राप्त गरे । उनलाई प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टीका सांसदको पनि समर्थन थियो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार