कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

साहित्यकार रत्न कुमार इङ्नामको कृती “श्री गुरु भुवानन्द ब्रम्हचारी” को लोकार्पण

काठमाडौं | साहित्यकार रत्न कुमार इङ्नामको कृती श्री गुरु भुवानन्द ब्रम्हचारी को एक भब्य कार्यक्रमको साथ पुर्व प्रमुख जिल्ला अधिकारी भगिराज इङनाम ज्योतिषविद डा चन्द्र कुमार शेर्मा प्रज्ञा परिषद सदस्य चेतन सापकोटा लगायतले सामुहिक रुपमा लोकार्पण गर्नुभएको थियो |

कार्यक्रम संयोजक तथा चलचित्र निर्देशक उदय सुब्बाले स्वागत भाषण गर्नुभएको उक्त कार्यक्रमको प्रमुख अतिथि मदन पुरस्कार बिजेता भगिराज इङनाम हुनुहुन्थ्यो भने बिशेष अतिथि ज्योतिषविद डा चन्द्र कुमार शेर्मा युवा नेता रनेश लिङदेन रहनु भएको थियो त्यस्तै अन्य अतिथिहरुमा प्रज्ञा परिषद सदस्य चेतन सापकोटा इन्द्र बहादुर चोङबाङ चलचित्र निर्माता संघको सचिव किसान पोखरेल मिक्तोक ईवा लिम्बु लगायत थिए |

श्री गुरु भुवानन्द ब्रम्हचारी पुस्तकको बारेमा बोल्दै अतिथिहरुले गुरु भुवानन्द ब्रम्हचारीको समाज र समुदायको उन्नतिको निम्ति उहाले गर्नुभएको त्याग ज्ञान प्राप्तिको लागि गुरु भुवानन्द ब्रम्हचारी सिक्किम भुटान लगायत बिभिन्न स्थानमा भ्रमण गर्नुको साथै सबै लाइ चेतना र सन्देश दिनुभएको थियो भन्दै घर्मले जहिले पनि समाज लाइ सकारात्मक दिशा तर्फ लैजान्छ भनेर आआफ्नो धारणा राख्नु भएको थियो |साहित्यकार रत्न कुमार इङ्नामको यो तेस्रो पुस्तक हो |

लेखकले अन्त्यमा आफ्नो भनाइ राख्ने क्रममा पुस्तक लेखनको समयमा भएको अनुभव श्री गुरु भुवानन्द ब्रम्हचारी को महिमा र उहाको योगदानको चर्चा को साथै समय सापेक्ष केहि कबिताहरु पनि सुनाउनु भएको थियो र अब चाडै अर्को पुस्तक पाठक माझ लिएर आउने जानकारी पनि दिनुभएको थियो भने कार्यक्रमको अध्यक्षता लेखक स्वयमले गर्नु भएको थियो |कार्यक्रममा उपस्थित मानिसहरुले स्रष्टालाई बधाई तथा शुभकामना दिएका थिए । सिलौटो कटेज अनामनगरमा भएको कार्यक्रमको सञ्चालन पत्रकार अर्जुन मादेनले गर्नुभएको थियो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार