काठमाडौं । भारतको पाँच दिनको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी छिन् । उनीहरूबीच केहीबेर अघि भेटवार्ता सुरू भएको हो । भारतीय विदेशमन्त्री जयशंकरले मन्त्री राणालाई स्वागत गर्दै द्वीपक्षीय विषयमा कुराकानी गर्ने उल्लेख गरेका छन् ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएयता नेपालको तर्फबाट भारतमा यो पहिलो उच्च स्तरीय भ्रमण हो । समकक्षी जयशंकरसँग द्विपक्षीय वार्ता गरेपछि आजै साँझ राणाले भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।