कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

लिम्बु संस्कृति मुलक चलचित्र ‘चे’ को फर्स्ट लुक सार्वजनिक

 चलचित्र निर्देशक सागर केरुङ निर्देशित चलचित्र ‘चे’ को फस्ट लुक सार्वजनिक भएको छ ।याक्थुङ फिल्मस प्रा.लि. को फेसबुक पेजबाट चलचित्र चे को पोस्टर पहिलो पटक सार्वजनिक गरिएको हो ।

चलचित्र ‘चे’ मा लिम्बुहरु आन्तरिक र बाह्यरुपमा कसरी लास भईरहेका छन् ? भन्ने कथा प्रस्तुत गरिएको निर्देशक केरुङ्ले बताउनुभयो |

  आधुनिक विकासको नाममा सांस्कृतिक सम्पदा भत्काउने र जोगाउने विचको द्वन्दात्मक कथालाई ‘चे’ को रुपमा चित्रण गरिएको छ । आधुनिक विकासको नाममा भत्काई रहेको याक्थुङ आदिवासीहरुको समाधिस्थलको अवसानपछि याक्थुङ समुदायमा चे/लासनै प्रमुख समस्याकोरुपमा कथामा उभ्याईएको छ ।

पान्थरको फिदिम नगरपालिका र फालेलुङ् गाउँपालिका विभिन्न  क्षेत्रमा छायांकन गरिएको चलचित्रमा बिमला खजुम, यासेली योङ्हाङ, निशाम तुम्बापो लगायतका कलाकारहरुले अभिनय गर्नुभएको छ भने  लेखक/निर्देशक/निर्माता सागर केरुङ रहनुभएको छ । चलचित्र युबराज राइले चलचित्र खिच्नुभएको हो ।

निर्माता इन्दु फोम्बो, सवु लिम्बु थाम्सुहाङ रहनुभएका छन् भने कला निर्देशक उदय बेघा, शृङ्गार अमृता जवेगु छन्, सहायक निर्देशक राजु घिमिरे, सहायक छायाँकार – रमेश सुनुवार, रहेको चलचित्रमा निर्देशक केरुङको गीत तथा  बुद्धराज लिम्बुको संगित रहेको छ । गितमा स्वर इन्दु फोम्बोले भर्नुभएको छ । 
चलचित्र  राष्ट्रिय/अन्तराष्ट्रियस्तरमा प्रदर्शन सुरु हुने निर्माण पक्षले बताएको छ । सुम्हात्लुङ टाइम्स

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……