कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

लोजिमा ले एफ एल एफ अवार्ड २०२४ मा ७ वटा विधाको सर्बोकृस्ट अवार्ड जित्यो |

काठमाडौं | पुर्व उपराष्ट्रपति नन्द किशोर पुनको प्रमुख आतिथ्यमा सम्पन्न एफ एल एफ अवार्ड २०२४ मा लोजिमा ले ७ वटा विधाको सर्बोकृस्ट अवार्ड जिटेको छ | करिब आधा दर्जन बिभिन्न राट्रिय तथा अन्तरास्ट्रिय अवार्ड बाट सम्मानित भइसकेको चलचित्र लोजिमा बाट सर्बोकृस्ट निर्देशक सागर सुब्बा सर्बोकृस्ट नायिका बिमला खजुम लिम्बु सर्बोकृस्ट नायक आशाहाङ आङबो सर्बोकृस्ट संगीत संयोजन अशोक कुमार राई सर्बोकृस्ट छायांकन रबिन्द्र बराल सर्बोकृस्ट सम्पादम संजय अधिकारी सर्बोकृस्ट गायक आशाहाङ आङबो लगायत सात बिधामा अवार्ड प्रप्त गरेको छ |

निर्देशक सागर सुब्बाले एफ एल एफ अवार्ड २०२४ मा सात विधामा अवार्ड जित्नुमा लोजिमा टिम सबैको मिहेनत लगनशीलता त्याग र प्रतिभाको सम्मान भएको छ भन्दै यो महत्वपूर्ण पलमा लोजिमा लाई यहा सम्म साथ् सहयोग र सदभाव राख्नु हुने सबै प्रति आभारी छु र आयोजक र जुरी सदस्यहरु लाई हार्दिक धन्यबाद दिन चाहान्छु भन्दै आफ्नो धारणा राख्नु भयो |

लिम्बु भाषा सस्कृतिको उत्थान र प्रचार प्रसारको लागि आयोजित उक्त कार्यक्रममा पालाम हाक्पारे र लिम्बु गीतको आबद्ध बिभिन्न श्रस्टाहरु बिभिन्न अवार्ड बाट समानित हुनुभएको थियो | आशा नेम्वाङको सभापतित्वमा सम्पन्न एफ एल एफ अवार्ड २०२४ संयोजक दिनेश लिङदेन हुनुहुन्थ्यो |

२ औ नेपाल अफ्रिका अन्तरास्ट्रीय फिल्म फेस्टिभल ( NAFF ) र अप्सना म्युजिक एण्ड फिल्मसमा सर्बोकृस्ट अवार्ड, दोश्रो रास्ट्रिय आदिवासी म्युजिक एण्ड फिल्मस अवार्ड २०८१ बाट चलचित्र लोजिमा सम्मानित् भइसकेकोछ |

जीवन्त प्रेमकथा र लिम्बू भाषा-संस्कृतिको संरक्षण एवं प्रबर्धनका लागि चलचित्रले दिन खोजेको सन्देश प्रसंसा योग्य छ l सिक्किम र पूर्वी नेपालको विभिन्न स्थानमा गरी लगभग डेढ दर्जन विशेष शो सम्पन्न भई दर्शकहरुको सकारात्मक प्रतिक्रिया र अपार माया बटुलेको ‘लोजिमा’ ले बिबिन्न स्थानको विशेष प्रदर्शनमा दर्शकको अपार साथ् पाएको थियो l

लिम्बू समुदायका धार्मिक, सांस्कृतिक र परम्परात्मक रीति रिवाजसँग सम्बन्धित कतिपय महत्वपूर्ण प्रचलनहरु समेत प्रस्तुत गरिएको यो चलचित्र वियोगान्त प्रेमकथामा आधारित रहेको छ l चलचित्रमा बाध्यात्मक परिस्थितिका कारण आफ्नी प्रेमिकालाई छाडेर अर्कै युवतीसँग विवाह गरेपछि भताभुङ्ग भएको नायकको जीवन र आफ्नो प्रेमीले अर्कै केटीसँग विवाह गरेपछि विक्षिप्त बनेकी नायिकाको कारुणिक अवस्थाको बेजोड प्रस्तुति रहेको छ l

पाथीभरा च्यानलको ब्यानरमा निर्माण भएको यस चलचित्रमा विशेष प्राविधिक सहयोगीको रुपमा निर्देशक वसन्त अधिकारीले साथ दिएका छन् l  चलचित्रमा सञ्जय अधिकारीको सम्पादन र अशोक राईको पार्श्व सङ्गीत रहेको छ भने साउण्ड डिजाइन मानषी किरणले र पोष्टर तथा स्टिकर डिजाइन आइडियल डिजाइनर्सका निर्देशक सुन्दर श्रेष्ठले गरेका छन् l सागर सुब्बाको कथा/निर्देशन रहेको यस चलचित्रको पटकथा/संवाद सागर केरुङ्ले लेखेका हुन् l

चलचित्रमा बिमला खजुम लिम्बूको अलावा आशाहाङ आङ्बो, सागर केरुङ, निशाम तुम्बापो, रुद्र पहिम, नुनाम केरुङ, हस्त लिबाङ, सहाराहाङमा पन्धाक लिम्बू, सेरिना राई, बिनी सुब्बा, आस मुरिङ्ला, प्रयास राई, निर्मल पन्धाक, सन्जन सुब्बा, देवी लिम्बू, ज्ञानु खम्दाक, लगायतका कलाकारहरुको अभिनय रहेको छ l

यसैगरी चलचित्रमा निर्माता आशाहाङ आङ्बो र कार्यकारी निर्माता पम्फावती राई रहेका छन् भने मुख्य सहायक निर्देशकमा दीपक अधिकारी, छायाकार रविन्द्र बराल र मेकअप आर्टिष्ट नरेश खरेल रहेका छन् l अशोक लोहरुङ राईको म्युजिक एरेन्ज रहेको यस चलचित्रमा मनु नेम्बाङ, सुनिता थेगिम र आशाहाङ आङ्बोको स्वर रहेको छ । चलचित्रको पोष्ट प्रोडक्सन भिजन नेपाल फिल्मसले गरेको हो भने र स्वराङ्कन एम. के. प्रोडक्सनमा भएको हो l


चलचित्र मनोरन्जनको लागि मात्र नभएर समाज रुपान्तरणका लागि चेतना र सन्देशको संवाहक पनि हुनु पर्दछ भन्ने कुरामा आफू सचेत रहेको नायक आशाहाङ आङबोले बताउनु भएको छ l

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार