कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

दमक र धरानमा १० जना बन्दकर्ता प्रहरी नियन्त्रणमा

झापाको दमकमा प्रहरी र बन्दकर्ताबीच झडप भएको छ। आन्दोलनरत पक्षले सगरमाथा यातायातमा ढुङ्गा हानेर तोडफोड गर्न थालेपछि प्रहरी र बन्दकर्ताबीच झडप भएको हो।

बन्दकर्ताले दुई वटा सवारी साधनमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।

आन्दोलनरत पक्षले गाडीमा तोडफोड गर्न थालेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो।

सडकमा यातायात अवरोध गर्दै हिँडेका ३ जना र गाडीमा तोडफोड गर्ने थप एक जना गरी ४ जना पक्राउ गरेको झापा प्रहरीले जनाएको छ।

त्यस्तै धरानबाट ६ जना बन्दकर्ता पक्राउ परेका छन्। बन्द गराउँदै हिँडेका समूहलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार