कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

एलिना र विष्णुको सम्बन्ध विच्छेद, अदालतबाट टुंगियो मुद्दा

गायिका एलिना चौहान र विष्णु सापकोटाबीचको  वैवाहिकसम्बन्ध कानुनी रुपमै टुंगिएको छ। मंगलबार जिल्ला अदालत काठमाडौँमा एलिना र विष्णुका परिवार उपस्थित भएर सम्बन्ध विच्छेद पत्रमा हस्ताक्षर गरेसँगै उनीहरू सम्बन्ध विच्छेद भएको हो।   

सम्बन्ध विच्छेदका लागि एलिनाले केहीदिन पहिले नै अदालतमा निवेदन दिएकी थिइन्। मंगलबार दुवै पक्ष अदालतमा उपस्थित भए पनि अष्ट्रेलियामा रहेका विष्णुले अधिकृत वारेसनामामार्फत सम्बन्ध विच्छेदमा हस्ताक्षेर गरेका हुन्। 

विष्णुका बुवाआमा अदालतमा उपस्थित थिए। यस्तै एलिना परिवारसहित उपस्थित भएकी थिइन्। उनले विष्णुसँग कुनै सम्पत्ति नलिई सम्बन्ध विच्छेद गरेकी छन्। उनीहरूले एकअर्काले लगाएका गहना भने फिर्ता गरेनन्। गएको वैशाखमा उनीहरूले विवाह गरेका थिए।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent