कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

राष्ट्रिय ओप्सना फिल्मस एण्ड म्युजिक अवार्ड- २०८२ को फर्म भर्ने म्याद जेठ ५ सम्म

काठमाण्डौ, १४ बैशाख
ओप्सना फिल्म्स प्रा. लि.ले राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड- २०८२ प्रदान गर्ने जनाए को छ । आधुनिक गीत, पप गीत, चलचित्रका गीत, टेलिसियल , भाषा भाषीका गीत, राष्ट्रिय गीत, लोक गीत, डेउडा गीत लगायत संगीत क्षेत्र र अन्य क्षेत्रका गरी ३९ वटा विभिन्न विधामा सम्मान तथा अवार्ड प्रदान गर्ने प्रालि का अध्यक्ष तथा संगीतकार ओम प्रकाश राई ले बताउनु भयो ।

संगीत, कलाकारिता, खेलकूद, पत्रकारिता र सामाजिक क्षेत्रमा योगदान गर्ने व्यक्ति लगायत का संगीत बाहेकका क्षेत्रलाई समेत सम्मान तथा अवार्ड प्रदान गरिने छ । साथै लामो समयदेखि गीत संगीतमा सेवारत व्यक्तित्वलाई लाइफटाइम अचिपमेन्ट अवार्ड तथा विदेशमा बसेर गीत संगीत र अन्य क्षेत्रमा योगदान पुर्यारहेका व्यक्तित्वलाई डायस्पोरा अवार्ड प्रदान गरिनेछ ।

अवार्डमा आवेदनका लागि ओप्सना फिल्म्स प्रा लि बुद्धनगरको कार्यालयमा फाराम उपलब्ध रहेको राईले बताउनुभयो । थप जानकारीका लागि मोवाइल नं ९८५१०६६०९२, ९८४००५३०७६ मा सम्पर्क गर्न सकिनेछ । सवै अवार्डका लागि जेठ ५ गतेसम्म फाराम बुझाउन सकिने र डायस्पोरा अवार्डका लागि इमेल मार्फत पनि फाराम बुझाउन सकिने राईले बताउनुभयो ।

संगीत, साहित्य र समाजका लागि लामो समयदेखि सेवारत ओप्सना फिल्म्स प्रालि ले यसअघि पनि विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको छ । संगीत, साहित्य, पत्रकारिता, खेलकूद तथा सामाजिक क्षेत्रमा नवआगन्तुक र अनवरत सेवा गरिरहेकाहरुलाई प्रोत्साहनका लागि अवार्ड प्रदान गर्न लागिएको संगीतकार राईले बताउनुभयो । नेपाली संगीत क्षेत्रमा लामो समयदेखि संघर्षरत राईका श्रीमान श्रीमती नै संगीत क्षेत्रमा लागिरहनुभएको छ । राईले हालसम्म करिव ४ हजार भन्दा वढी गीतलाई संगीत प्रदान  गर्नुभएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार