कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

रेशम चौधरी रिहा हुँदै

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी केहीबेरमा रिहा हुने भएका छन् ।

सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमान सिंह विष्टले लेखेको अनधिकृत पत्रका आधारमा चौधरी पक्राउ परेको खुला भएसँगै उनी रिहा हुन लागेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले उनलाई रिहा गर्न लागिएको बताए । प्रहरीले अनधिकृत पत्र लेख्ने विष्टलाई पक्राउ गरिसकेको छ ।

जनमत र नागरिक उन्मुक्ति पार्टीबिचको एकता घोषणा कार्यक्रममा सहभागी हुन जाने क्रममा बुधबार रेशम प्रज्ञा भवन परिसरबाट पक्राउ परेका थिए । उनी पक्राउ परेपछि दुई पार्टीबिचको एकता नै भाँडिएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार