कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

नवनियुक्त ३ मन्त्रीले लिए शपथ

नवनियुक्त तीनजना मन्त्रीले शपथ ग्रहण गरेका छन्।

केही बेरअघि शीतल निवासमा आयोजिक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू ओमप्रकाश अर्याल, रामेश्वर खनाल र कुलमान घिसिङलाई शपथ गराएका हुन्। 

अधिवक्ता एवं अधिकारकर्मीसमेत रहेका अर्याललाई गृहसँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

त्यसैगरि पूर्वअर्थसचिवसमेत रहेका खनाललाई अर्थमन्त्रालय र नेपाल विद्युत प्राधिकरणाका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जासँगै भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालय र सहकारी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश कार्की शनिबार साँझ अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन्।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार