कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

नवनियुक्त ३ मन्त्रीले लिए शपथ

नवनियुक्त तीनजना मन्त्रीले शपथ ग्रहण गरेका छन्।

केही बेरअघि शीतल निवासमा आयोजिक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू ओमप्रकाश अर्याल, रामेश्वर खनाल र कुलमान घिसिङलाई शपथ गराएका हुन्। 

अधिवक्ता एवं अधिकारकर्मीसमेत रहेका अर्याललाई गृहसँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

त्यसैगरि पूर्वअर्थसचिवसमेत रहेका खनाललाई अर्थमन्त्रालय र नेपाल विद्युत प्राधिकरणाका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जासँगै भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालय र सहकारी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश कार्की शनिबार साँझ अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन्।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |