कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

जनार्दनभन्दा दुई कदम अगाडि प्रचण्ड

 नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालमाथि उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्व छोड्न दबाब दिएको बेलामा पार्टीको विशेष महाधिवेशन गर्ने निर्णय भएको छ । जेन–जी आन्दोलनलगत्तै जनार्दनले अध्यक्ष दाहाललाई तत्काल राजीनामा दिन भनेका थिए ।

उनले आफूनिकटका नेताहरुसँग छलफल गरेर दाहालमाथि नेतृत्व छोड्न दबाब बढाएका थिए । तर, दाहाल शर्माभन्दा दुई कदम अघि बढेर मंसिरमै विशेष महाधिवेशन गर्ने तहमा पुगेका छन् । हिजो बसेको पदाधिकारी बैठकमा दाहालले देशको समसामयिक राजनीतिक विषयमा एक घण्टा लामो सम्बोधन गरेका थिए ।

उनले आफूले अब नेतृत्वमा निरन्तर रहने चाहना नराखेको प्रष्ट पारेका थिए । प्रचण्डले आगामी मंसिरको अन्तिममा विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व ल्याउने घोषणा गरेका छन् । त्यसकोलागि उनले अहिलेको केन्द्रीय कमिटी भंग गरेका छन् । बैठकले अध्यक्ष दाहालको नेतृत्वमा नै महाधिवेशन आयोजक कमिटी बनाउने सहमति गरेको छ ।

पदाधिकारीको निर्णय अब यही असोज ९ गते बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने भएको छ । पछिल्लो समय जनार्दनले अध्यक्ष दाहालविरुद्ध निरन्तर प्रहार गरिरहेका छन् । उनी आफ्नो टिमसँगमात्रै बढि छलफलमा केन्द्रित भएको र नेतृत्वसँग कुनै सहकार्य नगरेको आरोप लागेको छ ।

पदाधिकारी बैठकले अहिलेको केन्द्रीय कमिटीलगायतका सबै कमिटी भंग गरेको अवस्थामा पनि शर्माले भने वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई कार्यवाहक दिएर जानुपर्ने मत राखेका थिए । पदाधिकारी सबैले राजीनामा दिनुपर्छ भनेका शर्माले पदाधिकारी नै रहेका वरिष्ठ उपाध्यक्ष श्रेष्ठको नाम लिएपछि पनि उनको आलोचना भएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार