कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

पहिचान, लिम्बु भाषा, संस्कृतिको संरक्षणको निम्ति तान्छोपालाई बचाउन पर्छ नरबिर आङबो

किरात याक्थुङ चुम्लुङ युके ले तान्छोपा मासिक पत्रिका अक्षयकोषको लागी आर्थिक सहयोग गरेको छ । किरात याक्थुङ चुम्लुङ ईलामले आयोजना गरेको आदिबासी याक्थुङ लिम्बु सांस्कृतिक महोत्सवमा सो सहयोग रकम प्रदान गरिएको हो ।

कार्यक्रममा कियाचु युकेका अध्यक्ष नरवीर आङबोले कियाचु केन्द्रिय अध्यक्ष प्रेम एत्तेनलाई चेक हस्तान्तरण गनुभएको थियो । तान्छोपा मासिक पत्रिकाको लागी युकेले नगद उन्नाईस लाख चौहत्तर हजार सात सय उनान्नब्बे रुपैया सहयोग उपलब्ध गराएको छ ।

तान्छोपा किरात याक्थुङ चुम्लुङबाट नियमित प्रकाशित हुने एक मात्र लिम्बु भाषाको मासिक पत्रिका हो । यो पत्रिकालाई बचाईराख्नका लागी अक्षयकोषको अभियान चलाईराखिएको छ ।

तान्छोपा अहिले २७ वर्षको यात्रामा छ । पहिचान लिम्बु भाषा, संस्कृतिलाई बचाएर निरन्तरता दिने हो भने तान्छोपालाई सबै भएर र उत्थान गर्नु पर्ने अध्यक्ष आङबोको भनाई छ |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent