कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

लिम्बु साँस्कृतिक परिषदको २० ओैँ वार्षिकोत्सव भब्य रुपमा सम्पन्न

पाँचथर । लिम्बू सांस्कृतिक परिषदको २०औँ स्थापना दिवस मनाइएको छ । बुधबार जिल्ला शाखा पान्थरको आयोजनामा सम्पन्न भएको हो ।

किरात याक्थुङ चुम्लुङ्को बिषयगत समितिको रुपमा रहेको लिसापको बिसौँ स्थापना दिवस मनाइएको हो । पान्थर सहित ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भक्तपुर, ललितपुर, काठमाडौ र चितवनमा आयोजना भएको छ ।

किरात याक्थुङ चुम्लुङ् संघीय उपाध्यक्ष चन्द्रकुमार आङ्देम्बेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लिसाप संघीय अध्यक्ष सागर केरुङ, लिम्बुवान प्रदेश सदस्य बुद्धराज लिम्बू, जिल्ला अध्यक्ष सुरेन शिशिर केरुङ, थाम्सुहाङ सेवा समाजका अध्यक्ष भवेन्द्र थाम्सुहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शुभकामना आदानप्रदान संगै विविध साँस्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिएको जिल्ला उपाध्यक्ष लिलाप्रकाश जबेगुले बताए ।

dav

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent