कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन्।

उपत्यका अनुसन्धानका कार्यालय र काठमाडौँ प्रहरी परिसरको टोली सिरोहियालाई पक्राउ गर्न थापाथलीस्थित कान्तिपुर पब्लिकेशनको मुख्यालयमा सादा पोसाकमा पुगेका थिए। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रविन्द्र रेग्मी, डीएसपी अनिल घिमिरे  लगायत सिरोहियाको कार्यकक्षमा पुगेका हुन्।

सिरोहियाविरुद्ध मंगलबार बिहान धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। सिरोहियाको नागरिकताबारेको विवादमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो। 

सिरोहियाले सहकारी ठगीसम्बन्धी समाचार रोकाउन र मुद्दा विषयान्तर गर्न आफूविरुद्ध पक्राउ पुर्जी जारी गराइएको बताएका छन्। उनले आजै आफूविरुद्धको पक्राउ पुर्जी पूर्वाग्रहपूर्ण र मिडियामाथिको हस्तक्षेप भन्दै सर्वोच्चमा रिट दिएका थिए। 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार