कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

चलचित्र ‘रीत’ अमेरिकाको न्यूयोर्कमा विशेष प्रदर्शन हुदै

काठमाडौं । लिम्बू भाषा संस्कृतिमा आधारित चलचित्र ‘रीत’ को अमेरिकाको न्यूयोर्कमा विशेष प्रदर्शन हुनेभएको छ । निर्देशक दिनेश लिङ्देनका अनुसार बेलायतपछि अमेरिकामा चलचित्र प्रदर्शन हुन लागेको हो ।

यही अगष्ट १८ मा न्यूयोर्कस्थित अल्मस्ट क्वीनको हलमा हुने विशेष प्रदर्शनका लागि निर्देशक लिङ्देन न्यूयोर्क पुगिसक्नुभएको छ । ‘फिल्म प्रदर्शनबाट संकलन भएको रकमको केही प्रतिशत गरिब र असहाय बालबालिकालाई दिइनेछ’, उहाँले भन्नुभयो ।

उक्त प्रदर्शनमा नृत्य निर्देशक गोविन्द राई, न्यूयोर्कका युवा व्यावसायी तथा कलाकार केशवराम राई, मोडल तथा पत्रकार सुमन थाम्सुहाङ, पर्वतारोही पासाङ निमा शेर्पाको विशेष उपस्थिति रहने अमेरिकाका लागि ‘रीत’का प्रस्तोता सूर्य लिङ्देन र किरात याक्थुङ चुलुङका अध्यक्ष दीपक थेबेले जानकारी दिनुभयो ।

फाल्गुनन्द लिङ्देन फिल्मस प्रा.लि.द्वारा निर्माण रहेको चलचित्रमा लक्ष्मी योङ्हाङ, विमला खजुम, सागर केरुङ, तेज मेन्याङ्बो, सोनु थोक्लिहाङ, तान्छो हाङ इङ्नाम, पूर्ण सेलिङ, भीम थेबेको मुख्य भूमिका छ । चलचित्रको निर्मातामा होमकुमार लावती, आशा नेम्वाङ र बिस्नु इङ्नाम रहनुभएको छ ।


सम्बन्धित शीर्षकहरु

मुख्य समाचार