कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

काठमाडौं आइपुग्यो आप्रवासी नेपाली बोकेको अमेरिकी चार्टर जहाज

काठमाडौं, फागुन २१ । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौं आइपुगेको छ। अध्यागमन कानुन उल्लङ्घन गर्ने आठ जना नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज आज बिहान १० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । उक्त जहाजले १४ जना नेपाली बोकेर नेपालमा अवतरण गर्ने अनुमती मागेको थियो ।

निष्कासित भएकाहरूमध्ये गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो भने केहीलाई गैरकानुनी रूपमा काम गरिरहेका बेला पक्राउ गरेका थिए।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार