कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

रास्वपाले चुनाबै नलडी प्रदेश सभामा पायो १ सिट

काठमाडौं । २०७९ मा भएको प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी नै नदिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश सभामा १ सिट पाएको छ । अहिले सुदूरपश्चिमको प्रदेश सभामा रास्वपाको १ सिट छ । प्रदेश सांसद डा. ताराप्रसाद जोशी रास्वपाका सांसद हुन् ।

निर्वाचन भएको ३७ महिनापछि प्रदेश सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समेत एक सिट कायम भएको छ । रास्वपाले चुनाब नै नलडी एक सिट पाएको हो । सांसद जोशी रास्वपा प्रवेश गरेपछि रास्वपाको १ सिट कायम भएको हो । जोशीले २०७९ मा भएको चुनाबमा स्वतन्त्र उम्मेदवारको रूपमा चुनाब जितेका थिए ।

वस्तवमा सांसद जोशी स्वतन्त्र सांसद थिए । मंसिरमा उज्यालो नेपाल पार्टी गठन हुँदा उनी सोही पार्टीमा गएका थिए । यद्यपि उज्यालो नेपाल पार्टीले कुनै चुनाब नलडेको र राष्ट्रिय दलको मान्यता नपाएकोले प्रदेशसभाको रेकर्डमा उनी स्वतन्त्रकै हैसियतमा थिए । अहिले उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकता भएपछि उनी औपचारिक रूपमा रास्वपाका सांसद भएका छन् । रास्वपा राष्ट्रिय दल हो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार