कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

चुनावी यात्रामा पोखरा पुगे रवि लामिछाने

प्रतिनिधि सभा निर्वाचनको प्रचारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पोखरा पुगेका छन्। 

रास्वपाले बुधबार पोखराको तीन ठाउँमा चुनावी कार्यक्रम राखेको छ। लामिछानेले तालचोक, हेम्जा र चिप्लेढुंगामा भेटघाट कार्यक्रम रहेको रास्वपाले जनाएको छ। 

बुधबार अपराह्न पोखरा पुग्दा रास्वपाका स्थानीय नेता तथा कार्यकर्ता र समर्थकले स्वागत गरेका छन्। 

खुट्टाको चोटका कारण दुई साता काठमाडौँमा उपचार गरेका लामिछाने केही दिनअघि चितवन गएका थिए। आफ्नो चुनावी क्षेत्रमा घरदैलो र मतदाता भेटघाट गरेका थिए। 

त्यसपछि उनी नवलपरासी पूर्वका चुनावी कार्यक्रममा सहभागी भएका थिए। मंगलबार रुपन्देहीमा भेटघाट कार्यक्रमपछि उनी आज पोखरा पुगेका हुन्। 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार