कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको विरोध

हर्कराज साम्पाङ नेतृत्त्वको श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीको विरोध गरेको छ। 

सोमबार प्रतिनिधिसभा सुरु हुनासाथ प्ले कार्डसहित श्रम संस्कृति पार्टीले सभामुखको अगाडि गएर विरोध गरेको हो। 

श्रम संस्कृति पार्टीका संसदीय दलका नेतासमेत रहेका राईसहितका सांसदले छातीमा प्लेकार्ड राखेर विरोध गरेका हुन्। 

श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह प्रश्नदेखि भाग्न नपाउने लगायतका माग अघि सारेको छ। 

सभामुख डोलप्रसाद अर्यालले भने त्यसो नगर्न निर्देशन दिएका छन्। पर्चा देखाएर विरोध गर्ने श्रम संस्कृति पार्टीको शैली मर्यादित नभएको बताए। 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार