
काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक जिल्ला अधिवेशन शनिबारदेखि देशभर एकसाथ सुरु भएको छ।
शनिबार अनुकूल नभएका र बाँकी रहेका जिल्लाहरूमा आज आइतबार भव्य रूपमा अधिवेशन सञ्चालन भइरहेको छ।
यसैक्रममा, रास्वपा गोरखा जिल्लाको अधिवेशन पनि अहिले उत्साहजनक रूपमा अगाडि बढिरहेको छ।
जारी अधिवेशनमा पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङको समेत विशेष उपस्थिति रहेको छ। गुरुङ गत फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।



