कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

लिम्बू संस्कार र संस्कृतिमा आधारित नेपाली चलचित्र ‘मगनी’ निर्माण हुने

काठमाडौं । लिम्बू समुदायको मौलिक संस्कार, संस्कृति, परम्परा र सामाजिक जीवनमा आधारीत नेपाली कथानक चलचित्र ‘मगनी’ निर्माण हुने भएको छ ।

अम्लरी फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण हुने सो चलचित्रले केही समय अघिमात्र चलचित्र विकास बोर्डमा आधिकारीक रुपमा दर्ता भई छायांकन अनुमति प्राप्त गरिसकेको छ । गायक तथा संगीतकार मनी ताम्लिङको निर्माण, कथा तथा निर्देशन रहने चलचित्र ‘मगनी’मा लिम्बू समुदायको परम्परागत संस्कार तथा सामाजिक मान्यताभित्रको प्रेम, सम्बन्ध, पारिवारिक जिम्मेवारी र सांस्कृतिक परम्परालाई मुख्य कथाको रुपमा प्रस्तुत गर्दै मौलिक नेपाली समाजको एउटा महत्वपूर्ण पक्षलाई पर्दामा उतार्ने लक्ष्य राखेको निर्माण टिमले जानकारी दिएको छ ।

आगामी बैशाख महिनादेखि छायांकन सुरु हुने चलचित्र मगनीका लागि हाल तीव्र गतिमा कलाकार तथा प्राविधिकहरु छनोट प्रक्रिया चलिरहेको निर्देशक ताम्लिङले बताउनुभयो । सो चलचित्रको छायांकन नेपाल र भारतको सिक्किम राज्यमा हुनेछ । नेपालतर्फ पाँचथर जिल्लाका विभिन्न स्थानहरु एवम् सिक्किमतर्फ पश्चिम सिक्किम जिल्लाको हि गाउँ र चिवाभञ्ज्याङ क्षेत्रमा छायांकन गरिने निर्माण पक्षले बताएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent