कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ओली चीन जाँदा सरकार र पार्टीमा तोकिए कार्यबाहक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्नुअघि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका छन्।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका कार्यवाहक नेतामा उपनेता सुवासचन्द्र नेम्वाङलाई जिम्मेवारी दिएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि विदेशमा रहेकाले नेता नेपाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको रिजालले बताए।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent