कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

राज चाम्लिङ र करुणाको ‘ म रुँदैछु परदेशमा ‘ गीतको म्युजिक भिडियो सार्वजनिक ( भिडीयो सहित )

पाथीभरा च्यानल – मोफसलका चर्चित निर्देंशक गायक तथा संगीतकार राज चाम्लिङ र करुणा राइको युगल आवाज रहेको नयाँ म्युजिक भिडियो
‘म रुँदैछु विरानो परदेशमा’ बोलको गीत सार्वजनिक भएको छ । म्युजिक भिडियोमा विदेशीका युवा र गाउँ घरमा रहेकी श्रीमतीको कथा लाइ निर्देशकले
सजीव ढंगले प्रस्तुत गरेका छन् | म्युजिक भिडियोमा प्रत्येक विदेशिने नेपालीहरुको वास्तविक कथा लाइ देखाउन खोजिएको छ |जसमा निर्देशक चाम्लिङ सफल
भएकाछन | म रुँदैछु विरानो परदेशमा गीतले जो कसैको मन छुन्छ भने म्युजिक भिडियोले हेर्नेको आँखा रसाउछ | समग्रमा गीतको भाव अनुसार म्युजिक भिडियो
हरेक दृष्टिले राम्रो बनेको छ \
राज चाम्लिङकै शब्द संगीत रहेको यो गीतको म्युजिक भिडियो निर्देशन चाम्लिङ आफैले गरेका हुन् |

म्युजिक भिडियो देबेन्द्र नेम्बाङ, दिपिका लिङ्देन र विष्णु लावतीको अभिनय रहेको छ । लाकुरी भञ्ज्याङ लगायत काठमाडौँ उपत्यकाको विभिन्न रमणीय
स्थलहरुमा छायाँङ्कन गरिएको उक्त भिडियोको छायाँकन तथा सम्पादन देवजंग थापाले गरेका हुन् भने ड्रोनमा मेघराज मगरातीले
साथ दिएका छन् । ग्रेस रेकर्डिङ स्डुडियोमा रेकर्ड गरिएको यस गीतमा जोनी योञ्जनको एरेञ्ज रहेको छ ।
म्युजिक भिडियो ‘सङस नेपाल’ले आफ्नो युट्युव च्यानलमार्फत सार्वजनिक गरेको हो ।

भिडियो हेर्नुहोस ,

 

 

 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार