कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

उदय सुब्बाको निर्देशनमा चलचित्र ‘आरुसी’को सुटिङ मंशिर १५ गते बाट शुरु हुदै

पाथिभरा च्यानल : एक पछी अर्को निरन्तर चलचित्र निर्देशन गरेर नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निर्देशक उदय सुब्बाले

चलचित्र ‘आरुसी’को निर्देशन गर्दै हुनुहुन्छ । गणपति फिल्मसको ब्यानरमा निर्माण हुन लागेको चलचित्र यहि
मंसिर १५ गतेबाट फ्लोर जादैछ । त्रिकोणात्मक प्रेमकथामा आधारित भनिएको यस चलचित्रमा इशक राईले हिरोको रुपमा डेव्यु गर्दैछन् ।
साहारा प्रधान, बिरु गुरुङ र केशव कुमार श्रेष्ठको संयुक्त लगानीमा यो चलचित्र निर्माण हुन लागेको हो ।

चलचित्रको सम्पूर्ण छायांकन ४० दिनमा सक्ने गरी टिम मोफसल निस्कन लागेको निर्देशक उदय सुब्बाले जानकारी दिए । चलचित्रको झापा, इलाम,
तेह्रथुम, ताप्लेजुङ र सङ्खुवासभा लगायतका स्थानमा छायांकन गरिने भएको छ । चलचित्रको शीर्ष रोलमा नयाँ अनुहारलाई राखिने भएको छ ।
चलचित्र आरुसीमा एक्सन, र सेन्टिमेन्ट लाई समेटिएको कुरा निर्देशक उदय सुब्बाले पाथिभरा च्यानल लाई बताउनु भयो |
चलचित्रमा इशक राई, रमा लिम्बु, सुनिल थापा, सुरविर पण्डित, कला राई, दमन रुपाखेती, बिरु गुरुङ, भूपेन्द्र लिङ्देन लगायतका कलाकारको
अभिनय रहनेछ । मौनता श्रेष्ठको पटकथा तथा संवाद रहने यस चलचित्रलाई विक्रम डिसीले खिच्नेछन् । बिरु गुरुङको कथा, तारा थापा किम्भेको
सम्पादन, राजु किरातीको द्धन्द तथा विकास चौधरी र तारा प्रकाश लिम्बुको संगीत चलचित्रमा रहनेछ । कमल राई र दिनेश पाख्रिनको नृत्य
निर्देशन रहने छ । आगामी नयाँ वर्षमा चलचित्र प्रदर्शनमा ल्याउने निर्माण टिमको योजना रहेको छ ।

 

 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार