
पाथिभरा च्यानल -गायिका मेलिना राई र गायक हसन राईको आवाज रहेको ” के सारो राम्री ” गीतको म्युजिक भिडियो हालै एक कार्यक्रम बिच सार्वजनिक गरिएको थियो |
पुर्बेली लोक भाकाको गीतको भिडियोमा लाहुरेको श्रीमती र लाहुरेको साथि मेलामा भेट भएपछीको रमाइलो पल लाई समेटिएको छ | उक्त गीतमा बचन राईको शब्द
रोशन राई { पालुवा स्टार } को संगीत र फरिन्द्र राईको एरेन्ज रहेको छ | हालको सफल म्युजिक भिडियो निर्देशन समन अधीकारी दारा निर्देशित म्युजिक
भिडियोको छायांकन ड्रोन अनिल कटुवाल सम्पादन बिकाश ज्ञवालीले गरेका हुन् | भिडियोमा कलाकारको रुपमा सुप्रिया कटुवाल र बिकाश लामिछाने लाइ
देख्न सकिने छ | कार्यक्रममा गीत संग सम्बन्धित ब्यक्तिहरुले आया आफ्नो धारणा राखेका थिए | कार्यक्रमको संचालन सिता राईले गरेकी थिइन् |
युटुबमा
” के सारो राम्री ” गीतको म्युजिक भिडियो थोरै समयमा नै लोकप्रिय भैसकेको छ |
भिडियो हेर्नुहोस ,,,



