
पञ्चै बाजा (पञ्चबाजा, पञ्चेबाजा) अथवा पाँच बाजाहरूको समुह हो। यो बाजा
नेपालको पहाडी भेक तथा भारतको सिक्किम तथा दार्जीलिङमा बजाईने गरिन्छ।
पञ्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन्। पन्चे
बाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रुपमा प्रयोग हुदै आएको
मौलिक संस्कृतिको धरोहर हो । यो बाजा विभिन्न धार्मिक तथा सामाजिक
उत्सवको बेलामा बजाउने गरिन्छ जस्तै विवाह, व्रतवन्ध, चाडबाड, जात्रा,
रोपाईं, पूजा-आजा आदि।
पन्चे बाजाको सुमुधुर धुनमा यस्तै एउटा जोडीको उत्कृस्ट प्रतिभा तलको
भिडियोमा हेर्न सक्नु हुनेछ । गुल्मी रुपाकोट बिबाहको सन्दर्भको देखा
परेको एउटा उत्कृस्ट प्रतिभा पन्चे बाजाको धुनमा दर्शकहरुलाई लोभ्याउने
खालको डान्स प्रतिभा बाहिरिएको छ । यस्तै यस्तै लुकेका प्रतिभा हरु गाउ
घरको जस्तै विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजा-आजा आदि हरुमा
देख्न पाइन्छ ।
हेर्नुहोस भिडियो :



