कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मेलिना राईको म भन्दा नि २ धेरै माया गर्ने मान्छे सार्वजनिक । (भिडियो सहित )

चर्चित गीत म भन्दा निको भाग २ धेरै माया गर्ने मान्छे सार्वजनिक भएको छ । मेलिना राईको सुमधुर स्वरमा सजिएको प्रस्तुत गीतमा शव्द, संगीत, अरेञ्ज, भिडियो सम्पादन राज कुमारको रहेको छ । म भन्दा नि भाग १ लाई अत्याधिक श्रोता दर्शकले मन पराउनुभएको र युट्युवमा मात्रै झन्डै १ करोड हाराहारीमा दर्शकहरुले हेरिसकेकाले श्रोता दर्शकहरुकै चाहनामा भाग २ ल्याइएको हो । गीतको रेकर्डिङ अकष्टिक नेपाल स्टुडियोमा गरिएको हो भने मिक्सिङ चन्द्र चौधरीले गर्नु भएको हो । विष्णु खड्काको छाँयाकन रहेको भिडियोलाई एक्का कम्पनीको युट्युव च्यानलबाट अप्लोड गरिएको छ । पहिलाको गीत जसरी नै यो गीतलाई श्रोता दर्शकले मन पराउने कुरामा गीतको निर्माण टिम आशावादी रहेको छ ।   

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार