
कस्तो हुनु पर्दछ लिम्बू चलचित्र ?
राम्रो हुनु पर्दछ!
राम्रो चलचित्र बनाउन के गर्नु पर्छ ?
त्यस्को लागि चलचित्र सम्बन्धि न्युनतम मापदण्ड(मानक)हरु को बारेमा अधिकतम जानकारी हुन जरुरी छ!
राम्रो लिम्बू चलचित्र बनाउन के गर्नु पर्छ?
लिम्बू जातिको बारेमा(शिर देखि तिर सम्म) सम्पुर्ण कुरा थाह हुन जरुरी छ!
यस्तै यस्तै जानकारी तथा क्षमता विकासको लागि
(कस्तो हुनु पर्दछ लिम्बू चलचित्र)भन्ने बिषयमा(असार ५-६-७-८-९-१०-११)गते सम्म गरि एक हप्ते लिम्बू चलचित्र लेखन कार्यशाला सुरु भयो।
मिति २०७६-अासार-५ गते बिहिवार ललितपुर शोभाहिटि स्थित चुम्लुङहिम मा याक्थुङ मुन्चईत चोक सयङ(लिम्बु चलचित्र कर्मि संघ)को आयोजना तथा चलचित्र बिकाश बोर्ड को सहयोगमा एकहप्ते लिम्बू चलचित्र लेखन कार्यशाला सरु भएको छ।

चलचित्र बिकाश बोर्ड का वर्तमान अध्यक्ष केशब भट्टराई ज्यु को प्रमुख आतिथ्य मा कार्यक्रम को उद्घाटन भएको थियोे।
उक्त कार्यक्रममा अादिवासी जनजाति चलचित्र महासंघ का अध्यक्ष अमृतबहादुर सुनुवार,लिम्बू साँस्कृतिक परिषद का केन्द्रीय अध्यक्ष गोबिन्द अाङबुङ,चलचित्र निर्माता संघ का वरिष्ठ उपाध्यक्ष चलचित्र निर्देशक उदय सुब्बा विशेष अतिथि हुनुहुन्थ्यो।
पहिलो छलफल कार्यक्रममा चलचित्र निर्देशक उदय सुब्बा,चलचित्र निर्देशक बिनोद सेरेङ,चलचित्र निर्देशक सागर सुब्बा,गितकार मिना सिङगक,कवि चन्द्र योङ्या,बिक्रम वनेम,गोकिन्द आङबुङ,पत्रकार मिलन लिम्बू लगायतका ब्याक्तित्व हरु ले अाफ्नो बिचार राख्नु भएको थियोे।
सागर केरुङ,रबी सेर्मा,बबिता फोम्बो,दिनेश माङमु र बिक्रम वनेम र लोकेन साँबा को संयुक्त को संयोजन तथा वरिष्ठ चलचित्र समिक्षक/लेखक अनुप सुवेदी ज्युको प्रशिक्षण मा २० जना चलचित्र कर्मि हरु ले उक्त कार्यशाला मा सहभागीता जनाएका छन्।




