कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

काठमाडौं बाहिरको दर्शकहरुले मनपराए चलचित्र रेश लाई

माता पाथिभरा फिल्मस् (प्रा) लि . को प्रस्तुति हस्त लिबाङ मुख्य निर्माता रहेको निर्देशक किशोर सुब्बाको महत्वाकांक्षी नेपाली कथानक चलचित्र ” रेश” काठमाडौं उपत्यकाको सफल र उत्साह जनक प्रदशन पछी असार ६ गते देखि काठमाडौं बाहिर अल नेपाल प्रदशन भएको छ |
काठमाडौं बाहिरका दर्शकहरुले चलचित्र रेश लाई मन पराएको कुरा निर्देशक किशोर सुब्बा पाथिभरा च्यानल लाई बताउनु भयो | अहिले पनि धेरै चलचित्र हलहरु हाउसफुल छन् |हरेक मानिसको सपना हुन्छ त्यहि सपना पुरा

गर्न हर समय संघर्ष गरिरहेको हुन्छ | कसैको सपना चाडो पुरा हुन्छ त कसैको ढिलो बास्तवमा यहि नै हो रेश चलचित्रको कथा सार


निर्देशक सुब्बाले रेश चलचित्र हरेक दृष्टिले उत्कृस्ट भएको बताउनु भएको छ |

कलाकारहरुमा निता ढुंगाना,पुस्पा लिम्बु ,इकु सुलेमान ,किरण केसी ,रबिन्द्र खडका ,शुभाष गजुरेल हस्त लिवाङ रबिन लिवाङ र साथमा नया प्रस्तुति जियान र एजेश सैंजु रहनु भएको छ | स्वर उदितनारायण झा ,अन्जु पन्त सुजाता उपाध्याय, दिपराज नियोङहाङ, सन्जित लामा मोमिला लामा पटकथा सम्बाद मौनता श्रेष्ठ, छायांकन कुमार बखती सम्पादक मन्दील श्रेष्ठ गीतकार आनन्द अधिकारी,कृष्ण थापा ,र सन्जित लामा संगीत आनन्द राई ,नृत्य निर्देशन गोबिन्द राई,तथा दन्द शंकर महर्जन ले गरेको छन् |चलचित्रको छायांकन झापा ,इलाम मोरङ र दुबइको रमणीय स्थल मा गरिएको छ | त्यस्तै निर्माताहरुमा बिशाल थेबे , हेमन्त गौतम ,चन्द्र लिम्बु ,संजिव लिङदेन ,राज सेम्बु पासाङ घ्याल्मो र सह निर्माता रबिन कुमार गुरुङ रहेको छन् |

निर्देशक सुब्बाले रेश चलचित्र हरेक दृष्टिले उत्कृस्ट भएकोले दर्शकहरुले पनपराउने विस्वास लिनु भएको छ |
रेस का निर्माता हस्त लिबाङ भन्नु हुन्छ चलचित्र मा कुनै कन्प्रमाइज् नगरी निर्माण गरेकोले रेशले यो दर्शकहरुको मन जित्ने कुरामा आशाबादी हुनुहुन्छ | हस्त लिवाङ आगाडी भन्नुहुन्छ किनकी यस्को कथा बस्तु राम्रो छ र बिदेस मा पनि छायांकन गरिएकोले आशा गर्ने ठाउ धेरै छन् |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार