
पछिल्लो पल्ट लिम्बू जातिको संस्कार,संस्कृति ,रहनसहन,तथा दर्शन,र भौगोलिक पृष्ठभूमिमा निर्माण भएको मौलिक नेपाली कथानक चलचित्र(घरजम) का प्रमुख सहायक निर्देशक हुन् रबी सेर्मा।
२५ बर्ष भन्दा लामो सिनेमा अनुभव संगालेका रबी सेर्मा ले खष नेपाली तथा विभिन्न जातिय भाषा का दर्जनौं टेलिचलचित्र तथा कथानक चलचित्रहरुमा काम गरेका छन्,भनौं उनी सिनेमा क्षेत्रमा फुल टाईमर हुन्।
वरिष्ठ चलचित्र निर्देशक प्रताप सुब्बाको क्याम्पका बिध्यार्थी रबी सर्मा को उत्कृष्ट निर्देशन रहेको चलचित्र के:बा कोक्मा अन्तर्राष्ट्रिय चलचित्र पुरस्कार पाउने चलचित्र हो,जुन उपेन्द्र सुब्बाको चर्चित कथा संग्रह लाटो पहाडमा आधारित थियो।
लिम्बू साँस्कृतिक कोरियोग्राफि मा समेत राम्रो दखल राख्ने रबी सेर्मा ले दर्जनौं लिम्बू तथा अन्य भाषामा म्युजिक भिडियो हरु निर्देशन गरेका छन्।
रबी सेर्मा को अर्को विशेषता उनी राम्रो अभिनेता पनि हुन्,उनी रंगमञ्च र सिनेमा दुबै मा सहज अभिनय गर्न सक्दछन्,घरजम चलचित्रमा पनि उनको अभिनय सम्झाना योग्य रहनेछ।
चलचित्र धेरै जनाको सृजना तथा मिहिनेत को क्यापिटल हो,घरजम चलचित्र अब्बल बन्नुमा धेरै जनाको हात छ,जस मध्ये रबी सेर्मा पनि एक महत्त्वपूर्ण पाटो हुन्।

मौसम इम्बुङ लिम्बु हाल चर्चामा रहेको नेपाली चलचित्र घरजमको निर्देशक हुनुहुन्छ



