
काठमाडौं । काठमाडौंको गोंगबुमा विभत्स हत्या भएको अवस्थामा फेला परेको एक शवको पहिचान भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीका अनुसार हत्या गरिएका पुरुष रोल्पाका कृष्णबहादुर बोहोरा भएको खुलेको हो ।
उनले भने, “शवको सनाखत भएको छ । बाँकी अनुसन्धान जारी छ । अहिले विस्तृतमा भन्न सकिने अवस्था छैन । छिटै निष्कर्षमा पुग्छौं ।”
हिजो गोंगबु गणेशस्थान आसपासको छुट्टाछुट्टै स्थानमा सुटकेशमा शव र झोलामा टाउको फेला परेको थियो ।
खबर सेन्टर बाट



