कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

होम क्वारेन्टिनमा बसेका भौतिक पूर्वाधार मन्त्री नेम्वाङको पिसीआर रिपोर्ट नेगेटिभ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङको पिसिआर रिपोर्ट नेगटिभ आएको छ।

मन्त्री नेम्वाङसँगै उनको सचिवालयका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको छ।

भौतिक मन्त्रालयका एक उच्च अधिकारीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि मन्त्री नेम्वाङ होम क्वारेन्टिनमा बसेका थिए। क्वारेन्टिनमा बसेकै कारण उनी शुक्रबारको मन्त्रिपरिषद बैठकमा गएका थिएनन्।

गत बुधबार मन्त्रालयका ती अधिकारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। श्रोतको अनुसार उनी एक निजी अस्पतालको आइलेसनमा बसेका छन्।

सुनौलो नेपाल बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार