कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचारको क्रममा झापाका संक्रमितको मृत्यु

सुनसरीको धरानस्थित वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

झापा कन्काई नगरपालिका वडा नं.३ घर भएका ४५ बर्षका पुरुषकोे उपचारकै क्रममा आइतबार विहान १०ः५५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रबक्ता डा। निदेश सापकोटाले जानकारी दिनुभयो ।

उनी मेची अस्पताल झापाबाट १८ गते रिफर भएर प्रतिष्ठानमा भर्ना भएका थिए । कोरोनासंग मिल्दो जुल्दो लक्षण भएकाले उनको स्वाब परीक्षण गर्दा १८ गते कोरोना पुष्टि भएको प्रबक्ता सापकोटाले जानकारी दिनुभयो ।

उनको श्वासप्रस्वासमा समस्या आउनुका साथै २ दिनदेखि ज्वरो आएको, कमजोरी , कब्जियतको समस्या, साथै निमोनिया भए पछि मेची अस्पतलले रिफर गरिएको थियो ।

मृतकमा विगत केहि बर्षदेखि मधुमेहको समस्या रहेको प्रवक्ता डा। सापकोटाले जानकारी दिनुभयो । अस्पताल ल्याइपु¥याउदा उनको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रतिष्ठानले जनाएको छ ।

उपचारको क्रममा उनको मृत्यु भएको हो । मृतकको शव व्यवस्थापन कार्य भइरहेको प्रतिष्ठानले जनाएको छ । योसंगै झापामा मृत्यु हुनेको संख्या २ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार