कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

पापुन्देन प्रवासि खबरद्धारा विपन्न,अशक्त र विद्यालयलाइ सहयोग प्रदान

पाँचथरको फालेलुङ –७, स्थित पापुन्देन टोलबाट विदेशदेखि फर्किआएका युवाहरूले एक समूह खडा गरी विपन्न तथा अशक्त व्यक्ति र परिवारलाई सहयोग गरेका छन् । पापुन्देन प्रवासी खबर समूह स्थापना गरी पापुन्देन आधारभुत विद्यालयका विद्यार्थीहरूलाई समेत आवश्यकताका आधारमा रुपैया ५२ हजार ८ सय १२ बराबरका सहयोग वितरण गरेको हो ।

सहयोगमा श्यामबहादुर आङवोलाई रुपैया दश हजारको खर्चमा विद्युत जडान, जीतबहादुर राई, बुद्धिमान आङवो, कुलामुनि माइली (एकल महिला) र वयोवृद्ध फेदाङमा मनराज आङवोलाई जनही ५ हजार बराबरको खाद्यान्न, पहिरोका कारण पिडित भएकालाई कुमार आङवोलाइ नगद रुपैया ५ हजार, एकल महिला रमेश कुमारी राइलाई पेवा (सुँगुर पालन) गरि आत्मनिर्भरताको लागि नगद ५ हजार र पापुन्देन आधारभुत विद्यालयका विद्यार्थीहरूलाई रुपैया ५ हजारबराबरको स्टेशनरी सामान वितरण गरेको थियो । साथै ढुवानी, माक्स, सेनिटाइजर तथा अन्य विविध खर्च पनि यसै मुलखर्चमार्फत विनियोजन गरिएको थियो ।

No description available.

पहिलो कार्यक्रमका लागि आर्थिक सहयोग गर्नुहुने कवित ठटाल, उपेन्द्र ठटाल, लक्ष्मिहाङ आङवो, विनोद आङवो, बिमल राई,राजेश राई, प्रकाश ठटाल, सुजन आङवो, सरोज लावती, मदन लावती, धिराज आङवो, प्रकाश आङवो लगायत छन् । त्यसैगरी यस वितरण कार्यक्रमलाई संयोजन गर्नुहुने स्थानीय शिक्षक शङ्कर आङवोसहित समाजसेवी युवाहरू रुपनारायण लावती, विजय जवेगु, गोपाल आङवो, रोहित आङवो, कैलाश आङवो छन् ।

राहत संकलन तथा वितरणको कार्यलाई हाला जापानमा रहने सुजन आङ्बोले गरिरहेका छन् ।

नयाँ अनलाइन बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार