कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

कोराेनाले लियो एकै दिन थप १४ जनाको ज्यान, नेपालमा मृतक संख्या ३३६ पुग्यो

काठमाडौं, २७ भदौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा एकै दिन थप १४ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ ।

१० वटा जिल्लाका ३ महिला र ११ पुरुष गरी १४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा काठमाडौंमा मात्र ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सुनसरीमा ४३ वर्षीय पुरुष, पर्सामा ७८ वर्षीया महिला, काठमाडौंमा ७६ वर्षीया महिला, ५१ र ५४ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

भक्तपुरमा ७२ र ३८ वर्षीय पुरुष, चितवनमा ६१ वर्षीय पुरुष, तनहुँमा ७६ वर्षीया महिला, स्याङजामा ८५, गोरखामा ४५, कास्कीमा ५१, रुपन्देहीमा ६० र ४० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यसअघि शुक्रबार ५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

काठमाडौं उपत्यकामा ४३१ सहित देशभर थपिए १,२०१ जना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज (शनिबार) उपत्यकाका तीन जिल्लामा थप ४३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौंमा ३७७, भक्तपुरमा १७ र ललितपुरमा ३७ जनामा कोरोना संक्रमण देखिएको हो । शुक्रबार उपत्यकामा ६९६ जनामा संक्रमण पुष्टि भएको थियो ।

उपत्यकामा थपिएका संक्रमित आज नेपालमा कोरोना पुष्टि भएका १,२०१ जनामध्येका हुन् ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा आज (शनिबार) थप १,२०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म ३७ हजार ५५४ उपचारपछि निको भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २६० छ । ९ हजार १०७ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार १५३ होम आइसोलेसनमा छन् । १० हजार १७६ सय जनाको आज पिसिआर परीक्षण भएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार