
काठमाडौं, ५ असोज । १० पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका कीर्तिमानी हिमाल आरोही आङरिता शेर्पाको आज (सोमबार) निधन भएको छ ।
उनको आज (सोमबार) बिहान १० बजे आफ्नै निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले जानकारी दिएका छन् । उनको ७२ बर्ष को उमेरमा निधन भएको हो ।
बिना अक्सिजना १० पटक सगरमाथा आरोहण गरेका शेर्पा ‘हिम चितुवा’ उपनामले विश्वभर प्रख्यात छन् ।



