कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

‘खुकुलो कानुन चाहिँदैन, बलात्कारीलाई फाँसी दे’ भन्दै माईतीघरमा प्रदर्शन

काठमाडौं, १२ आश्विन । बलात्कारीपछि हत्या गरिएकी १२ वर्षिया सम्झना कामीको बलात्कारीलाई फाँसीको सजायको माग गर्दै आज पनि माईतिघर मण्डलामा विरोध प्रदर्शन भएको छ । विभिन्न पार्टीमा आवद्ध विद्यार्थी र विभिन्न सरोकारवाला संघ/संस्थाले खुकुलो कानुन चाहिँदैन, महिला हिंसा गर्न पाईदैन, सम्झना कामीलाई न्याय दे, निर्मला पन्तलाई न्याय दे बलात्कारीलाई फाँसी दे जस्ता नारा लगाएका थिए ।

उनीहरुले आफ्नो नांगो शरीरमा जष्टिज फर सम्झना, निर्मला, बलातकारीलाई फाँसी दे जस्ता नारा लेखि शरीरभरी रातो रंग पोतेका थिए । विरोधमा संलग्न प्रदर्शनकारीहरुले ‘बालिका र महिलाहरुको सुरक्षामा ध्यान देऊ’, ‘सरकार मैले कहिले न्याय पाउने’, बलात्कार र हत्याको बर्बरता, एक्काईसौं शताब्दीको सभ्यता जस्ता नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए । – रिपोटस नेपाल बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार